पोखरामा दिनहुँ प्याराग्लाइडिङ दुर्घटना, आज पनि सराङ्कोटबाट उडेका रसियन नागरिकको मृत्यु !

पोखरा, २१ फागुन । पछिल्लो केहि दिनयता पोखरामा दिनहुँजसो प्याराग्लाइडिङ दुर्घटना हुँदै आएको छ । यसै क्रममा आज पनि फेरी अर्को दुर्घटना भएको छ ।

सराङ्कोटबाट उडेका रसियन नागरिक विएमआइ जिभिआइएलले उडेको केहिबेरमा नै दुर्घटनमा परी ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश सुबेदीका अनुसार उनको उपचारको क्रममा मृत्यु भएको हो ।

आइतबार रोमानियाका एक नागरिकले उडाएको प्याराग्लाइडिङ फेवातालमा खसेर उनको मृत्यु भएको थियो ।

त्यसैगरी सोमबार पनि कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा प्याराग्लाइडिङ दुर्घटना भएको छ । जसमा एक जनाको मृत्यु भएको थियो ।