नेकपा नेता तथा पूर्वसांसद पण्डितको हृदयघातबाट निधन
काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काले फेरी अर्को नेता गुमैको छ ।
नेकपा नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार हृदयघातबाट निधन भएपछि नेकपाले अर्को होनोहार नेता गुमाउनु परेको हो ।
आइतवारमात्र भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका पण्डितको हृदयघातपछि उपचारका लागि काठमाडाैं ल्याउँदै गर्दा बाटोमै निधन भएको नेकपाले जनाएको छ ।
७२ वर्षीय पण्डित नुवाकोटको कविलास महादेव मन्दिरको गुफामा जाने क्रममा हृदयघात भएको पारिवारिक सदस्यले बताएका छन् ।
पण्डित २०४८ सालको निर्वाचनमा नुवाकोटबाट कांग्रेस नेता रामशरण महतलाई पराजित गरेर सांसद बनेका थिए ।
कांग्रेस नेता अर्जुन नरसिंह केसी पण्डितका भान्जा हुन् । पण्डितका तीन छोरा,तीन छोरी र श्रमिती छन् ।
