एक छोराकी आमा भएपछि झन् हट बनिन् करिना ! (तस्बिरसहित)

एजेन्सी , २१ फागुन । बलिउड अभिनेत्री करिना कपुर खान एक सुन्दर नायिका हुन् । अभिनय र फेशन सेन्सको कारण उनि हमेसा सुन्दर र चर्चित हुन्छिन् ।

हालै करिनाले ‘फेमिना वेडीङ्ग टाइम्स’ म्यागजिनको कभर पेजका लागि एक फोटो शुट समेत गराएकी छिन । जसमा उनलाई अहिलेका आधुनिक दुलहीको जस्तो लुक्समा अति नै हट अनि राम्री देखिएको छ ।

तरुण तहिलियनिको डिजाइनमा करीनाले लगाएको यो ड्रेसको अहिले सामाजिक संजालमार्फत चारैतिरबाट तारिफ भइरहेको छ ।

सिल्भर कलरको सल , अफ शोल्डर ब्लाउजका साथमा पिङ्क र गोल्डेन रंगको गर्हौ लेहेंगा र हातमा ब्रासलेट लगाएकी करिनालाई यस ड्रेस निकै सुहाएको छ ।

उनले गरेको यो फोटो शुटलाई देखेरै उनका लाखौ फ्यानहरुले उनको खुलेरै प्रसंशा समेत गरेका छन् ।