यौन दुर्ब्यबहार गर्ने शिक्षक पक्रन गएका प्रहरीमाथी नै बिद्यार्थीले गरे हातपात !

विराटनगर, १७ पुस । तिमी पढाइमा कम्जोर छौ भन्दै एक छात्रालाई आफ्नै कोठामा बोलाएर यौन दुर्ब्यबहार गर्न खोज्ने शिक्षकलाई पक्राउ गर्न सादा पोशाकमा गएका एक प्रहरीमाथि नै विद्यार्थीहरूले हातपात गरेका छन् ।

विराटनगर–१० मा सञ्चालित ईडुमार्ग ईन्सिच्युटमा कार्यरत आरोपित शिक्षक ज्ञानेन्द्रशरण साहमाथि विद्यार्थीहरूले आक्रमण गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गर्दा उनीमाथि नै आक्रोसित भीडले हातपात गरेको हो ।

विद्यार्थीहरूले आफ्ना साथी माथी यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कुटपिट गर्न नदिएको भन्दै मण्डलमाथी हातपात गरेका थिए ।

प्रहरीको सिआरवीको भेनमा राखेर यौन दुर्व्यवहार गरेको आरोप लागेको शिक्षकलाई प्रहरी कार्यालयतर्फ लगेपछि आक्रोशित भएका विद्यार्थीको भिडले सादा पोशकका प्रहरी मण्डलमाथि जाइलागेका थिए । मण्डल आफ्नो ज्यान रक्षाको लागी भागेको प्रत्यक्षदर्शी बताउँछन् ।

विगत ६ महिनादेखि ईडुमार्ग ईन्सिच्युटमा पढाउँदै आएका साहले आइतबार यौन दुर्व्यवहार गरेको आरोप छ ।

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि शिक्षक साहलाई कन्सलटेन्सीबाट निकालेको ईडुमार्गका सञ्चालक दिपेन्द्र मेहताले बताए ।