यस बर्षको प्रि-मनसुन सुरु, तीन महिनासम्म पहाडी क्षेत्रमा यसको प्राभाव देखिने

काठमाडौं, २१ फागुन । यस वर्षको प्रि-मनसुन सुरु भइसकेकोले मार्च, अप्रिल र मेसम्म प्रि-मनसुन चल्ने भएको छ ।

प्रि-मनसुन सुरु भएसँगै यी तीन महिलनासम्म देशका पहाडी क्षेत्रको मौसम लगातार प्रभावित भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रि-मनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराहृन तथा साँझ फाट्टफुट्ट वर्षा हुने मौसमविद् सुवास रिमालले बताए ।

पहाडी भेगमा प्रि-मनसुनको प्रभाव देखिए पनि अन्य भूभागमा भने त्यसको असर पर्ने छैन । ‘नयाँ प्रणाली विकास नभइसकेकाले पहाडीबाहेकका क्षेत्रमा भने तत्काल वर्षाको सम्भावना देखिँदैन’, रिमालले भने ।