के तपाइलाई थाहा छ बाडुल्की लाग्नुको रहस्य ? समयमै सावधानी अपनाउनु पर्छ

काठमाण्डौ,नेपालमा यदि बाडुल्की लाग्यो भने कसैले सम्झिए होला भन्ने चलन छ । सामान्यतया २ वा ३ सम्म आएको बाडुल्कीमा कुनै खतरा नभएपनि लगातार धेरै पटक बाडुल्की लाग्यो भने अलिक सजग पनि हुनुपर्ने हुन्छ । चिकित्सकहरुका अनुसार बाडुल्की धेरै लाग्नु पनि राम्रो होईन भनेका छन् । कहिलेकाही स्वास्थ्यमा असर नपारेपनि केहि बेर सम्म बाडुल्की लाग्दा हामीलाई निकै गाह्रो हुने गर्छ । यसलाई रोक्न वा कम गर्नको लागि घरेलु उपायहरुका बारेमा जानौ-

बाडुल्की धेरै लागे कागतीमा मह मिसाएर पिउनाले राहत दिन्छ ।अथवा सानो कागतीको टुक्रालाई मुखमा लिएर बस्नाले पनि फाईदा दिन्छ ।

२) अँलैची मिसाएर उमालेको पानी पिउने र नुन मिसेको पानी पिउँनाले पनि फाईदा गर्छ ।

३) एक चम्चा चिनी मुखमा राखेर चुस्नाले वा अदुवाको सानो टुक्रा चुसेर बस्नाले पनि बाडुल्की आउन बन्द हुन्छ ।

४) लगातार बाडुल्की आउँदा लामो सास फेरेर एक छिन रोकी फेरि छोडनाले पनि बाडुल्की आउँन बन्द हुन्छ ।

५) मरिच र मिश्रीलाई चुर्ण बनाएर पिउँनाले पनि राहत पाईन्छ ।

६) चकलेट पाउडर फुक्का रुपमा खादाँ पनि बाडुल्की आउँन बन्द हुने गर्छ ।

७) यदि बाडुल्की लगातार आएर तपाई हैरानीमा पर्नु भयो भने पिनट बटर वा बदाम खानाले पनि राहत दिन्छ ।

८) दुबै कानमा हात राखेर स्ट्रो वा नलिको साहयताले पानी वा कुनै पनि स्वास्थ्य पेय पद्र्धाथ पिउँनाले पनि फाईदा पुग्छ ।

९)बाडुल्की धेरै आउँने समस्या छ भने बोसोयुक्त मासु र फ्रिजमा राखिएको खानेकुराबाट टाढै रहौ ।

 

भिडियो हेर्नुहोस्-