कस्तो अचम्म !! टाउको काटिएको कुखुरा १८ महिनासम्म जिउँदै,तर कसरी ?

एजेन्सी । अमेरिकामा ७० वर्ष पहिला एक किसानले एउटा कुखुराको टाउको काटिदिए तर, त्यो मरेन । उक्त कुखुरा शीर काटिदिएपछि पनि १८ मिहनासम्म ज्यँदै रह्यो ।

आश्चर्यजनक कुरा त के रह्यो भने उक्त कुखुरा टाउको काटिएपछि पनि ‘मिराकल माइक’को नामबाट चर्चित भयो ।

अब प्रश्न उठ्छ, टाउको काटिएको कुखुरा १८ महिनासम्म कसरी बाँच्यो ?

१० सेप्टेम्बर १९४५ मा कोलाराडोको फ्रुटामा रहेको आफ्नो फर्ममा लोयल ओल्सेन र उनकी पत्नी क्लारा कुखुरा काटिरहेका थिए ।

तर, त्यस दिन काटिएका ४०/५० कुखुरामा एउटा भने टाउको काटेपछि पनि मरेन । ओल्सेन र क्लाराका नातिनी ट्रोय वाटर्स भन्छिन्, ‘जब काट्ने काम सकेर उहाँहरु मासु उठाउन थाल्नुभयो, एउटा कुखुरा त ज्युँदै भेटियो । उक्त कुखुरा त बिना टाउको पनि दौडिरहेको थियो ।

उक्त दम्पत्तिले उक्त कुखुरालाई एउटा बाकसमा बन्द गरिदिए, तर भोलिपल्ट बिहान उनीहरुले अझै पनि उक्त कुखुरालाई जिउँदै पाएर हैरान भए ।

बाल्यकालमा वाटर्सले आफ्नो हजुरबुवाबाट यस्तो कहानी सुनेकी थिइन् ।
अमेरिकाको फ्रुटामा हरेक वर्षा ‘हेडलेस चिकन’ महोत्सव मनाइन्छ । वाटर्स भन्छिन्, ‘उहाँहरु बजारमा मासु बेच्न जानुभयो र साथमा टाउको बिनानै जिउँदै रहेको उक्त कुखुरालाई पनि लिएर जानुभयो । त्यतिबेला घोडागाडी हुने गर्दथ्यो ।’

बजारमा उनले उक्त अचम्मको घटनामाथि बियर वा अन्य यस्तै वस्तुको बाजी राख्न सुरु गरे । यो कुरा छिट्टै फ्रुटा बजारभरी फैलियो । एक स्थानीय अखबारले ‌ओल्सेनको अन्तरवार्ता लिनको लागि आफ्नो रिपोर्टर पठायो ।

केही दिनपछि एक साइड शोको प्रमोटर होप वेड ३०० मिल टाढा युटा प्रान्तको साल्ट लेक शहर आए र ओल्सेनलाई आफ्नो शोमा आउने निम्ता दिए ।

उनीहरु पहिले साल्ट लेक सिटी गए र फेरि युटा विश्वविद्यालय पुगेँ जहाँ ‘माइक’को जाँच गरियो । हल्ला के सम्म चल्यो भने विश्वविद्यालयका वैज्ञानिकले कयौं कुखुराको टाउको काटे ताकि बिना टाउको कुखुरा ज्यूँदो रहन सक्छ कि सक्दैन ।

माइकलाई मिराकल माइकको नाम होप वेडले दिएका थिए । त्यस कुखुराबारे लाइफ म्यागजिनमा पनि स्टोरी प्रकाशित भयो । त्यससँगै उनीहरु पूरै अमेरिकाको यात्रामा निस्किए ।

माइकको यसै यात्रासँग जोडिएका कुराहरु क्लाराले डायरीमा उतारेकी थिइन्, जुन डायरी अहिले पनि वाटर्ससँग छ ।

तर, ओल्सेन जब १९४७ को बसन्तमा एरिजोनाको फिनिक्स पुगे, त्यहाँ पुग्दा माइकको मृत्यू भयो । माइकलाई प्रायः थोपामा जुसलगायत खुवाइन्थ्यो र त्यसको भोजननलीलाई सिरिन्जले सफा गरिन्थ्यो, ताकि गला नपाकोस् ।

त्यस राति उक्त सिरिन्ज एक कार्यक्रममा नै भुलेपछि अर्कोको व्यवस्था गरिएको थियो । माइकको स्वासप्रश्वास नपुगेर मृत्यू भएको थियो ।

वाटर्सका भन्छिन्, ‘धेरै वर्षसम्म ओल्सेन माइकलाई बेचिदिएको भन्ने दावी गर्दै आएका थिए । तर, एक दिन उनले माइक मरेको कुरा सार्वजनिक गरेका थिए ।’ माइककै कारण उनीहरुको जीवनमा आर्थिक सुधार भएको थियो ।

न्युकसल युनिभर्सिटीका सेन्टर फर बिह्याभिअर एण्ड इभोल्युसनसँग जोडिएका कुखुरा विज्ञ डा. टम स्मल्डर्सका अनुसार कुखुराको पूरा शीर उसको आँखाको हड्डीको पछाडि एउटा छोटो भागमा रहेको हुन्छ ।

रिपोर्टका अनुसार माइको चुच्चो अनुहार र आँखा निस्किएको थियो तर स्मल्डर्सको अनुमानअनुसार उसको मष्तिष्कको ८० प्रतिशत भाग बचेको थियो, जसको सहारामा माइकको शरीर, धड्कन, श्वास, भोक र पाचनतन्त्र चल्न सम्भव भएको थयो ।

बीबीसी हिन्दीबाट