महँगो इटालियन बाइक बेनेलीले नेपाली ग्राहकलाई टार्गेट गर्दै ल्यायो बजाज पल्सरसंग प्रतिष्पर्धा गर्ने मुल्यको नया मोडल टीएनटी-१५, नेपाल भित्रिएको सबै बाइक दुई दिन मै सकियो : नया ग्राहकले यसरी बुक गर्नुहोस (मूल्य सहित)

काठमाडौं । महँगो बाइक उत्पादन गर्ने कम्पनि बेनेलीले नेपाल र भारत जस्तो देशलाई टार्गेट गर्दै सस्तो मुल्यको बाइक टीएनटी-१५ बजारमा ल्याएको छ । यो बाइक नेपालमा पनि बिक्रि वितरण सुरु गरेको छ ।  टीएनटी-१५ प्रति ग्राहक यत्ति आकर्षित भएकी पहिलो चरणमा आएको ७० वटा बाइक दुई दिन मै बिक्रि भैसकेको बेनेलीकाे लागि नेपालकाे आधिकारीक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले जनाएको छ।

कम्पनीले प्रि–बुकिङ लिएका ग्राहकहरुलाई बाइक डेलिभरी गरेको हो । अर्काे लटकाे लागि कम्पनीले फेरि बुकिङ लिन सुरु गरेको छ । टीएनटी-१५ लिन चाहने ग्राहकले २० हजार तिरेर बाइक बुक गर्न सक्नेछन् ।

पल्सर यामाहा लगायतका मोटरसाइकलसंग प्रतिष्पर्धा गर्ने बेनेली टीएनटी १५ मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८ हजार ५०० आरपीएममा १२.०६ बीएचपी पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।

भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । कार्वोरेटर भर्सनको नेपाली बजारमा मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ । १४९.५ सीसी क्षमताको यो बाइकले १४ बीएचपी पावर उत्पादन गर्छ । एफआई माेडलकाे नेपाली बजारमा मूल्य ३ लाख २० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । – मेरोअटोबाट