तेलमा डुबेर कुरूप भएका २ बर्षीय बालक शिशिरलाई हेर्न आएका अमेरिकी डाक्टरहरुले खोले यस्तो रहस्य (भिडियो सहित)

काठमाडौं, २० फागुन । गत असारमा साथीहरुसंग खेलिरहेका प्युठानका २ बर्षका शिशिर खड्का पुरी पकाउन उमालिरहेको तेलमा डुबे । पानी लिन गएकी आमा फर्केर आउंदा छोराको यस्तो अवस्था देखेर मुर्छा परेर ढलिन् । भारतमा रहेका शिशिरका बुवा खबर थाहा पाउने बित्तिकै घर फर्के । खुशीको कुरा शिशिर बांचे तर उनको त्यो सुन्दर अनुहार र शरीर यस्तो भयो ।

गरिब परिवारले शिशिरको उपचारका लागि हालसम्म १२ लाख भन्दा माथि खर्चिसकेको छ । ऋण गरेर छोराको जीवन बचाएका शिशिरको आमा बुवाको रुंदा रुंदा आंशु रित्तिसक्यो । शिशिरको आमा उनको पहिलेको फोटो हेर्नै सक्दिनन् । त्यो दुर्घटनापछि शिशिर झनक्क रिसाउने भएका छन् । आफ्नो अनुहार ऐनामा हेर्दै घरभरीका सबै ऐना फुटाईसके । उनलाई आफु भुत जस्तो लाग्छ रे । अहिलेदेखि नै आफ्नो अनुहार प्रति उनलाई ठुलो घृणा छ ।

यसैबिच शिशिरलाई हेर्न अमेरिकाको न्युयोर्कबाट डाक्टरहरु आएका छन् । किर्तिपुर अस्पतालमा उपचाररत शिशिरलाई हेर्दै उनीहरुले के भने ? के शिशिरको उपचार सम्भव छ ? के प्लाष्टिक सर्जरी गर्न मिल्छ ? त्यसको लागि कति खर्च लाग्छ ?

भिडियो हेर्नुस-