आफ्नै देशमा बनेको फाईटर विमानद्वारा पाकिस्तानले गत बुधबार भारतीय लडाकु विमान ध्वस्त पारेको खुलासा !

एजेन्सी, २० फागुन । पाकिस्तानले भारतीय वायु सेनाको विमान खसाल्न आफ्नै मुलुकमा निर्मित विमान प्रयोग गरेको अमेरीकाको केवल न्युज नेटवर्कले प्रकाशित गरेको छ ।

उक्त आक्रमणमा भारतले अमेरीकन निर्मित एफ १६ विमान प्रयोग गरेको बताईरहदा पाकिस्तानले भने चीन र पाकिस्तानले संयुक्त रुपमा निर्माण गरेको जेएफ १७ थन्डर नामक फाईटर जेट नामक विमानको प्रयोग गरेको पुष्टि भएको हो ।

गत बुधवार जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान पाकिस्तानले आक्रमण गरेर खसालेको थियो ।

भारतको दाबी पछि अमेरीकाले एफ १६ लडाकु विमान प्रयोग भए नभएकोबारे अनुसन्धान गर्ने घोषणा गरेको थियो ।

पाकिस्तानले यसअघि अमेरीकाबाट खरिद गरिको उक्त विमान अन्तरदेशीय लडाईमा प्रयोग नगर्ने सम्झौतापछि ल्याईएको थियो ।

पछिल्लो आक्रमणमा प्रयोग भएको जेएफ १७ थन्डर विमान भने चीन र पाकिस्तानले संयुक्त रुपमा बनाउदै आएका छन् ।