करण जोहर र आलीया भट्टले स्विजरल्यान्ड पुगेर पोस्ट गरे यस्तो तस्बिर !

एजेन्सी, २० फागुन । बलिउड निर्देशक करण जोहरका नजीकका हिरोईन मध्यकि एक हुन् आलीया भट्ट । उनीहरुबीच बाबुछोरीको जस्तै पबित्र र नजिकको सम्बन्ध रहेको छ । आलीयाले करणलाई निकै आदर गर्ने गर्दछिन् । उनले करणलाई पापा भनेर सम्बोधन गर्ने गर्दछिन् ।

बिभिन्न कार्यक्रम तथा अन्तरवार्ताहरुमा उनले करणको खुलेरै प्रशसां गर्ने गर्दछिन् । यसैबिच करणले उनीहरुको गहिरो सम्बनध झल्काउने केहि फोटोहरु आफ्नो ईन्स्टा एकाउन्टमा पोस्ट गरेका छन् ।

सार्वजनिक तस्विरमा दुवैजना स्टनीङ देखिएका छन् । एक सेलेब्रेसनको लागी स्विजरल्यान्ड पुगेको बेला उक्त तस्विर लिईएको थियो ।

आलीयाले सन् २०१२ मा करण जोहरकै निर्देशन बनेको फिल्म स्टुडेन्ट अफ द ईयरबाट बलीउडमा अभिनेत्रीको रुपमा प्रवेश गरेकी थिईन् । उनी चाँडै करण जोहरकै फिल्म तख्तमा पनि देखिंदै छिन् ।