चोरीको मोटरसाइकलमा हुइकिरहेका दुई जना प्रहरी फन्दामा !

काठमाडौं, २० फागुन । महानगरीय प्रहरी परीसर ललितपुरले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका–३२ बस्ने श्रवणकुमार तामाङ र ललितपुर–१० बस्ने धर्मलाल वाइवालाई पक्राउ गरेको हो ।

परीसरले ललितपुर महानगरपलिका–१० युएन पार्क नजिकैबाट शनिबार साँझ कालो रङ्गको बा ९४ प ९३०८ नं को मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

प्रहरीको नियमित जाँचका क्रममा मोटरसाइकलमा सवार तामाङ र वाइवासँग कागजात नभएकाले थप अनुसन्धानका क्रममा मोटरसाइकल चोरी भएको पत्ता लागेकोे परीसरका प्रवक्ता (प्रहरी उपरीक्षक) गोविन्द थपलियाले बताउनुभयो ।

पक्राउ परेका तामाङ र वाइवाले गत फागुन ५ गते ठमेल क्षेत्रबाट मोटरसाइकल चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको परीसरले जनाएको छ । यस घटनाको थप अनुसन्धानका घटना लागि महानगरीय वृत सोरखुट्टे पठाइएको उहाँले बताउनुभयो ।