शिक्षकको आन्दोलनमा प्रहरीको लगातार हस्ताक्षाप : आज पनि प्रहरीले हान्यो पानीको फोहरासँगै अश्रुग्यास,केहि शिक्षक घाइते
काठमाडौं २० फागुन । राहत र बालविकासका शिक्षहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्ताक्षप गरेको छ ।
काठमाडौंको बानेश्वरमा जारी प्रदर्शनमा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको हो ।
पेशागत हक हितको माग गर्दै शिक्षकहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको जनाइएको छ । प्रदर्शनका क्रममा केहि शिक्षक घाइते भएका छन् ।
देशैभरका राहत र बालविकासका शिक्षकहरु आन्दोलनका लागि काठमाडौं आएका छन् । आइतबार पनि प्रहरीले शिक्षकहरुको प्रदर्शनमा हस्तक्षेप गरेको थियो ।
