‘चट्ट रुमाल क्या मालुम’ गीतमा ह्याण्डसम नायक सलिनमान र मल्लिकाको धमाकेदार डान्स हेर्नुहोस् (भिडियोसहित)

काठमाडौँ, २० फागुन । हेन्डसम नायक सलिनमान बानियाँ नयाँ चलचित्र “यात्रा“ मार्फत फेरी नेपाली दर्शकमाझ आउन लागेका छन् ।

चलचित्र “ए मेरो हजुर २“ को अपार सफलतापछि नायक सलिनमान बानियाँ करिव डेढ बर्षसम्म चुपचाप बसे र यतिबेला नयाँ चलचित्र यात्रामार्फत आफ्ना दर्शकमाझ आउन लागेका हुन् ।

अहिलेका उदयमान स्टारको रुपमा परिचित सलिनमानको यात्राको पहिलो गीत पन्च पञ्छी बोलको गीत सार्वजनिक भैसकेको छ ।

यो चलचित्रले आफ्नो रिलिज मिती चैत २९ गतेलाई तोकेको छ । यही मितीमा सलिमानले नै अभिनय गरेको चलचित्र “ए मेरो हजुर २“को सिक्वएल “ए मेरो हजुर ३“ पनि रिलिज हुने भएको छ । जसले गर्दा यी दुई चलचित्रको ठुलो प्रतिस्पर्धा रहेको छ । त्यसैले सलिनमान लगायत पुरै यात्राको टिम नै यो फिल्मलाई लिएर उत्साहित हुदै निकै मिहेनतको साथमा काम गरिरहेका छन् ।

चलचित्र ‘यात्रा’मा पुरानो चलचित्र “आफ्नो मान्छे“को गीत ‘चट्ट रुमाल क्या मालुम’ पनि समाबेश गरिएको छ । यस गीतले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहको पनि याद दिलाउने छ ।

यात्रामा समाबेश यस गीतमा भने सलिनमान बानियाँ र नायिका मल्लिका महतको साथमा सलोन बस्नेतलाई फिचरिङ गरिएको छ ।

थप जानकारीको लागी यो रिर्पाट हेर्नुहोस्-