अमेरिकाले नेपाललाई दुईवटा बिमान दिने

काठमाडौं, २० फागुन । अमेरिकाले नेपाललाई दुईवटा नयाँ ‘एम-२८’ स्काई ट्रक (विमान) उपलब्ध गराउने भएको छ ।

अमेरिकी रक्षा विभागले जनाएअनुसार नेपाललाई उक्त स्काई ट्रक उपलब्ध गराउन ‘विगेष्ट पोलिस एयरक्राफ्टस’सँग सम्झौता गरिसकिएको छ ।

१८.९ मिलियन अमेरिकी डलर (लगभग २ अर्ब १५ करोड) को उक्त सम्झौताबारे पेण्टागनले गत शुक्रबार (१ मे, २०१९) खुलासा गरेको हो ।

केही समयअघि नै भएको सम्झौताअनुसार अमेरिकाले दुईवटा विमान तत्काल उपलब्ध गराउन लागेको हो ।

स्रोतकाअनुसार आगामी डिसेम्बर २० (पुष ५, २०७५) सम्ममा नेपाललाई विमान उपलब्ध भइसक्ने छ ।

नेपाली सेनाको प्रयोजनको निम्ति चारवटा विमान झिकाइने भनिए पनि तत्काल दुईवटा उपलब्ध गराइन लागिएको स्रोत बताउँछ ।

यसबारे नेपाली सेनाले भने औपचारिक जानकारी दिइसकेको छैन ।