शिवरात्रिको दिन यस्तो देखियो पशुपति क्षेत्र (फोटो फिचर)
काठमाडौँ, २० फागुन । आज महाशिवरात्रि, देशभरका सबै शिब मन्दिरहरुमा भक्तजनको घुइंचो लागेको छ ।
यहिँ अवसरमा उपत्यकाको पशुपतिनाथ मन्दिरमा पनि बिहानैदेखि पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुईचो लागेको छ ।
शिवरात्रिका अवसरमा भन्दै भारतबाट समेत हिन्दू सन्त आउने गरेका छन् । यस वर्षपनि पशुपतिनाथ मन्दिरमा हजारौँ भोले बाबाहरु आएका छन् ।
बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिरप्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ ।
भक्तजनको भिडलाई मध्यनजर राख्दै सरकारले पशुपतिमा ५ हजार सुरक्षाकर्मी खटाएको छ ।
तस्बिर हेर्नुहोस्-
(तस्बिर सौजन्य : डीसीनेपाल)
