पुलवामा आक्रमणका मुख्य योजनाकार मसुदको मृत्यु भएकै हो त ?

एजेन्सी, २० फागुन । भारत प्रशासित जम्मू कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणका योजनाकार भनिएका जैश ए मोहम्मदका प्रमुख मसुद अजरको मृत्यु भएको अपुष्ट समाचारहरु प्रकाशित भएका छन् ।

पाकिस्तानी मिडियाको हवला दिँदै भारतीय मिडियाले अजहरको मृत्यु भएको बताएका छन् ।
यद्यपी उनको मृत्युबारे पुष्टि भने हुन नसकेको जनाइएको छ ।

केही पाकिस्तानी र भारतीय ट्वीटर प्रयोगकर्ताहरुले अजहरको मृत्यु भएको बताएका छन् । तर, त्यसको पुष्टि भने हुन सकेको छैन ।

अजहर रावलपिण्डीस्थित आर्मी अस्पतालमा उपचार गराइरहेको र उनको अवस्था नाजुक रहेको केही दिन पहिला पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीले बताएका थिए ।

उनको किड्नी फेल भएको सूचना भारतीय आर्मीसँग रहेको थियो । यहाँभन्दा धेरै उनको स्वास्थ्यबारे सूचना भने कसैसँग छैन । यद्यपी उनको मृत्यु बारेको समाचारहरु भाइरल भइरहेका छन् ।