‘नमिलेका विषय राजनीतिक सहमतिबाट’

नेपालगञ्ज, १९ फागुन । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सङ्घीय संरचनाका क्रममा बाँकेलाई विभेद् गरिएको बताउनुभएको छ ।

नेपालगञ्ज उद्योग बाणिज्य सङ्घले आयोजना गरेको नेपालगञ्ज प्रादेशिक महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “बाँकेको नेपालगञ्जलाई राजधानी बनाउने आन्दोलनमा लुकेर बसेकाहरु अब कराएर केही हुँदैन, यो प्रवृत्ति त रुझेको बिरालोले खम्बा चिथोर्ने जस्तै हो ।” आवेशबाट मागको सम्बोधन हँुदैन भन्दै मन्त्री राईले राजनीतिक सहमतिबाट नमिलेका विषय अभैm मिलाउन सकिन्छ भन्नुभयो ।

महोत्सव उद्घाटन समारोहमा प्रदेश नं ५ का कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री आरती पौडेल, सङ्घीय सांसद महेश्वर गहतराज, नेपाल उद्योग बाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलगायतले नेपालगञ्जको विकास सबैको साँझा प्रयत्नबाट हुनुपर्नेमा जोड दिए । यही फागुन २९ गतेसम्म चल्ने महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादनका करीब ३०० कक्ष रहेको सङ्घका अध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो । रासस