पाकिस्तानमा चिया खादै पाकिस्तानी आर्मी राम्रो भन्दै दिएको बयान भारत गएपछि पनि नफेर्ने भनेका भारतीय लडाकु विमान पाइलट अभिनन्दनले अन्तत फेरे बयान (भिडियो)

एजेन्सी । भारतीय लडाकु विमानका पाइलट अभिनन्दनले पाकिस्तानमा हुदा दिएको बयान भारत आइसकेपछि बदलेका छन । भारतीय संचारमाध्यमका अनुसार उनले आफूलाई पाकिस्तानमा मानसिक यातना दिइएको बयान दिएका छन् ।

पाकिस्तानबाट सार्बजनिक भिडियोमा अभिनन्दनले पाकिस्तानी सेनाको खुलेर प्रसंशा गरेको स्पष्ट देखिन्छ। अभिनन्दनले भनेका थिए ‘म रेकर्डमै रहनेगरी भन्छु यहाँ मलाई निकै राम्रो व्यवहार गरियो । आफ्नो देश फर्किएँ भने पनि मेरो बयान बदलिने छैन । म मेरो सेनाले पनि यस्तै व्यवहार गरोस् भन्ने चाहन्छु ।’

उनका अनुसार पाकिस्तानमा उनलाई शारीरिक यातना नदिए पनि मानसिक यातना दिइएको थियो । यो कुराको खुलासा उनले रक्षामन्त्री निर्मला सीतारमणसंग गरेका हुन् ।

बिमानबाट इजेक्ट गरेपछि शारीरिक रुपमा केहि कम्जोर बनेका अभिनन्दनलाइ यतिबेला उपचारको लागी दिल्ली स्थित सैनिक अस्पतालमा राखिएको छ ।

भिडियो हेर्नुहोस :