दुई बर्षीय छोरीको हत्या गरी प्रेमीसँग भागेकी युवतीलाई अदालतले सुनायो जन्मकैदको फैसला

काठमाडौँ, १९ फागुन । छोरीको हत्या गरी प्रेमीसँग भागेकी एक महिला र उनका प्रेमीलाई अदालतले जन्मकैद र थप ६ महिनाको कैद सजाय सुनाएको छ ।

जिल्ला अदालत सप्तरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ योगिनियाकी २७ वर्षीया रानीदेवी मण्डल र प्रेमी राजगढ गाउँपालिका ५ मलेकपुरका ३१ वर्षीय शिवशंकर मालीलाई बालिकाको हत्या आरोपमा जन्म कैदको सजाय सुनाएको हो ।

शीमान सूर्यनारायण मण्डल वैदेशिक रोजगारमा रहेको बेला रानीदेवीको शिवशंकरसँग अवैध सम्वन्ध रहेको थियो । श्रीमान विदेशबाट फर्कन लागेपछि उनले दुई वर्षीया छोरी प्रमिलाको हत्या गरी भागेकी थिईन् ।

०७३ असोज १६ गते घर फर्किदा घरमा छोरी र श्रीमती फेला नपरेपछि सूर्यनारायणले प्रहरीमा उजूरी दिएका थिए । प्रहरीले रानी र उनका प्रेमी मालीलाई ०७३ असोज १२ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।