नेपाली दिदीबहिनी समुह साउदीद्वारा मनाइयो १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस
साउदि अरब, १९ फागुन । साउदी अरबमा रहेका नेपाली दिदीबहिनी समुहले १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् ।
विभिन्न कार्यक्रमहरू एकसाथ हुन गएकोले एक हप्ता अगावै अर्थात १ मार्च २०१९ शुक्रबारका दिन नै उनीहरुले अन्तर्राष्ट्रिय नारी दिवस मनाएका हुन् ।
साउदीको पूर्वी शहर दम्माम स्थित अल खयाम रेष्टुरेण्टमा एक कार्यक्रम गरी नारी दिवस कार्यक्रम मनाएका हुन् ।
नेपाली राजदुताबास दियादको द्धितिय सचिव श्रीमती तारा गौतमको प्रमुख आतिथ्य र नेपाली दिदी बहिनी समुहका संयोजक श्रीमती तुलशी गुरूङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे।
नेपाली राष्ट्रिय गानसंगै सुरू भएको उक्त कार्यक्रमलाई प्रमुख अतिथिले दीप प्रज्वलनगरी उदघाटन गरेका थिए भने डिके चाम्लिङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा अतिथिको रूपमा दुतावासको स्थानिय कर्मचारी हरी घिमिरे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरू, समाज सेवीहरू, व्यवसायीहरू, मिडियाकर्मीहरू र विभिन्न कम्पनीमा कार्यरत नेपाली नर नारीहरूको उस्थिती रहेको थियो ।
कार्यक्रमको पहिलो खण्डमा औपचारिक कार्यक्रम राखिएको थियो भने दोस्रो खण्डमा साँस्कृतिक कार्यक्रम राखिएको थियो ।
