‘को बन्छ करोडपति’ को आजको ताजा इपिसोडमा अनमोल केसी र भुवन केसीले इतिहास रच्दै १४ औ प्रश्नको सहि उत्तर दिदै जिती सके ५० लाख रुपैया, एक करोडको १५ औ प्रश्नको उत्तर दिए त ? (हेर्नुहोस पुरा भिडियो)

काठमाडौँ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ नेपालमा पनि सुरु भएको छ ।

एपीवान एचडीबाट प्रसारण हुने यो कार्यक्रमका संचालक नेपाली सिने जगतका महानायक राजेश हमाल रहेका छन् ।

यो कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ । कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ ।

कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन् । यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन् । तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् ।

‘को बन्छ करोडपति’ को आज शनिबारको इपिसोडमा अभिनेता भूवन केसी र उनका छोरा सुपरस्टार अनमोल केसी आएका छन। आफ्नो चलचित्र  ‘क्याप्टेन’ को प्रमोसनको शिलसिलामा को बन्छ करोडपति खेल्न पुगेका केसी बाबु छोराले मोटो रकम जितेका छन ।

चलचित्रको पुरै टिमसंग शोमा पुगेका उनीहरुले सेट मै निक्कै रमाइलो समेत गरेका छन । के एक करोड रुपैया जिते त अनमोल र भुवनले ?

उक्त इपिसोडको प्रोमो हेर्नुहोस :