साप्ताहिक राशिफल : फाल्गुन १९ गते आईतबार देखी फाल्गुन २५ गते शनिबार सम्मको

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो,अ)

राजनिति तथा सामाजिक क्षेत्रमा आज तपाईको सम्मान जनक उपस्थिति हुनेछ भने समाज बिकासका लागि सकारात्मक आवाज उठान गर्ने अवसर जुर्नेछ । तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुनेछ भने तपाईको सरल जिवन शैलि देखि आफन्त,साथिभाई तथा छिमेकिहरु मेहित हुनेछन् । मान सम्मान तथा र्ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने पढाई लेखाईमा भनेजस्तो सुधार हुनेछ । प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने ब्यापार ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बिहिबार दिउँसोबाट बैदैशिक यात्राको अधिक सम्भावना रहेको छ भने बिदेशि सामानको ब्यापार ब्याबसाय फस्टाएर जानेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सोमबार सम्मको समय मध्ययम रहेकोले धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भएपनि बाटोमा दुख हुन सक्छ । आफन्त तथा अग्रज सँग मनमुटाब सिर्जना हुनेछ । मंगलबारबाट समय राम्रो रहेकोले उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान, ईज्जत, प्रतिष्ठा बडेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । ब्यापार ब्याबसायमा लगानि बढाएर आम्दानिका स्रोत बढाउँन सकिनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । आर्थिक ब्याबस्थापनका मुद्दाहरु हल भएर जानेछन् भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोगबाट आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ भने तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो आम्दानि हुनेछ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)

काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा त्यसको फाईदा अरुलेनै लिन सक्छन् । दौडधुपमा समय ब्यातित भएपनि उपलब्धि भने न्यून हुनेछ । सरकारि कामकाजमा ढिला सुस्तिको चपेटामा परिने तथा सरकारि सेवामा बसेकाहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण उपलब्धिहरु गुम्नेछ । समय तथा कामको तालमेल नमिल्दा काम आर्थिक रुपमा कमजोर भएको अनुभुति हुनेछ भने व्यापार व्यावसायमा मन्दि आउँनेछ । माया प्रेममा मनमुटाबको अवस्था सिर्जना हुनेछ भने घर परिवारमा आफन्तबिच सानो सानो कुरामा बिवाद बढ्नेछ । बिहिबार दिउँसोबाट समय राम्रो रहेकोले प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृदि भएर जानेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित कामहरुबाट मनग्गे नाफा कमाउन सकिनेछ । धर्म,सस्कृति तथा रितिरिवाजमा अलि बडि चासो बढ्नेछ । भाग्यले साथ दिने हुनालेब्यापार ब्याबसायबाट राम्रै आम्दानि गर्न सकिनेछ । प्रगतिशिल तथा तारिफयोग्ग काम गरि घर परिवारमा सबैको मन जित्न सकिनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)

बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ । साथिभाई सँगको रमाईलो भेटघाटले समय रङगीन बन्नेछ । आकस्मिक धन तथा सम्पति लाभ हुन सक्छ भने ब्यापार ब्याबसायमा नाफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । मंगलबारबाट समय परिवर्तन हुनेछ भने समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुनालेसमयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुनालेतपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे)

साझेदारि ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । बैवाहिक तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ भने लामो दुरिको धार्मिक तथा तिर्थस्थलको यात्रा तय हुनेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेटघाटले नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । बिहिबार मध्यान्हबाट समय उत्तम नरहेकोले आर्थिक ब्याबस्थापनको अभावले ब्यापार ब्याबसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण, रोग तथा संकटको सामाना गर्नुपर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

शरिरमा स्फुर्ति बढ्नेछ भने नयाँ सिर्जनात्मक काम गर्ने जोस जागर बढेर आउँनेछ । ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । प्रतिश्पर्धा तथा बादबिवाद प्रतियोगितामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । थोरै लगानि गरि छोटो समयमा मनग्गे प्रतिफल प्राप्त गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ । बिभिन्न सामाजिक तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । अध्ययनमा सोचेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथिको सहयोग पाउदा काम गर्न जोस जागर बढेर आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढाई लेखाईमा बढिनै मेहनेत गर्दा मात्र भनेजस्तो नतिजा निकाल्न सकिनेछ । भौतक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा एक अर्काको भावना बुझ्न नसक्दा टाडिनु पर्ने बाध्यता आउँन सक्छ । आफन्त तथा ईष्टमित्रहरुको सहयोग राम्रै रहनेछ । अन्य व्यावसायमा मन्दि आएपनि शिक्षा तथा शिक्षा क्षेत्र सँग सम्बन्धित कामहरुबाट भनेजस्तो आम्दानि हुनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने छोरा छोरिका प्रगतिमा मन रमाउनेछ । बिहिबार मध्यान्हबाट समय राम्रो रहेकोले साथिभाई तथा आफन्तजनबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर जुर्नेछ । कुनै पनि क्षेत्रमा हुने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ ।

बृश्चिक (तो, ना, नी, नू ,ने, नो, या,यी, यू)

व्यापार व्यावसाय तथा उद्योगमा लगानि गरि आम्दानि बढाउन सकिनेछ भने व्यावसायकै सन्द्रर्भमा छोटो दुरिको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ । कृषि तथा पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो आम्दानि हुनेछ भने चाहना तथा आवस्यक्ताहरु पुरा भएर जानेछन् । मंगलबारबाट समय मध्ययम रहेकोले कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी ब्यापार ब्याबसायमा घाटा लाग्ने योग रहेको छ । आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे)

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले परिवार तथा आफन्तजनबाट धोका हुन सक्छ सजक रहनुहोला । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउन कडा मेहनेत गर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग छुट्टियर कहि कतै जानु पर्दा मन खिन्न हुनेछ । श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या बढ्न सक्छ । अर्थ उपार्जनका बिभिन्न स्रोतअरु फेला पार्न सकिने भएपनि समय अभावले अवसरहरु गुम्नेछन् । बोलिको प्रभाव बढ्ने भए पनि अरुको बारेमा अनाबस्यक टिका टिप्पणी गर्नाले आफ्नो साख गुम्न सक्छ । मंगलबारबाट बिहिबार मध्यान्हसम्मको समय राम्रो रहेकोले छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले लेखन कलाको माध्यामबाट आफ्ना ओजिला भनाईहरु जनमानसमा पुर्याउँन सकिनेछ । जन सम्पर्क बढ्ने तथा दाजुभाई, छर छिमेकिबाट काममा सहायोग पाईने हुनाले मन प्रशन्न रहनेछ । पदिय दायित्व बढ्ने तथा निर्णय क्षमतामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई चुनौति दिदै आफ्नो पक्षमा नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । अदालत तथा न्यायलयबाट हुने न्यायिक निणयहरु तपाईकै पक्षमा हुनेछन् । मंगलबारबाट बिहिबार बिहान सम्मको समय मध्ययम रहेकोले तयारि बिनानै गरिने प्रस्तुतिले कार्य क्षेत्रमा तपाईको खरो आलोचन हुने हुनाले अध्ययन बढाउन जरुरि देखिन्छ । आफन्तजन तथा कुटुम्बहरु तपाईको स्वार्थि ब्याबहारले टाडिन सक्छन् ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा)

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । समस्याका खाडलहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका कदममा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । मंगलबारबाट बिहिबार मध्यान्हसम्मको समय राम्रो रहेकोले अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । ब्यापार ब्याबसायमा लगानि बढाई प्रशस्त आम्दानि बढाउँन सकिनेछ । नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

साताको सुरु र अन्तको समय उत्तम रहेको छ । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । गित संगीत तथा मोडलिङ पेशा ब्याबसायमा समय दिनेहरुका लागि आजको दिन राम्रो रहेको भने प्रशस्त आम्दानि गर्न सकिनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । धन सम्पति तथा आय आर्जनमा बृदि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ भने पारिवारिक माहोलमा जमघट हुने अवसर प्राप्त हुनेछ । मंगलबारबाट बिहिबार मध्यान्हसम्मको समय मध्ययम रहेकोले आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । तापनि बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु बन्नेछन् भने लामो दुरिको बैदैशिक यात्राको तय हुन सक्छ ।
तपाईको दिन शुभ रहोस् । ज्योतिषी तारानाथ भण्डारी ।