ब्रेकफास्ट खाने गर्नुभएको छ ? ब्रेकफास्टमा यी चिजहरु लिनु स्वास्थ्यका लागि उत्तम !
काठमाडौं, १७ पुस । बिहान ब्रेकफास्ट खाने हामी नेपालीहरुको बानि नै छैन । करिब ८० प्रतिशत नेपालीले ब्रेकफास्टका रूपमा बिहान खाजा नखाने गरेको तथ्यांकले देखाएको छ । बिहान उठ्यो चिया मात्रै पियो अनि एकैचोटी हेभी खाना खायो । जुन स्वास्थ्यको लागि लाभदायक हुँदैन ।
स्वस्थ रहन ब्रेकफास्ट अनिवार्य खानुपर्ने बिज्ञहरु बताउँछन् । बिहान उठेको १ घण्टा पछि ब्रेकफास्ट खानु पर्छ । यसका लागि कम्तीमा पनि २५ सय क्यालोरीयुक्त खानेकुरा लिन आवश्यक हुन्छ । उक्त मात्रामा क्यालोरी कस्तो खाद्यान्नमा पाइन्छ त ? आउनुहोस् त्यसबारेमा जानकारी लिउँ –
अन्डा
अन्डा राम्रो क्यालोरीयुक्त पौष्टिक आहार हो । त्यसैले यो ब्रेकफास्टका लागि उपयुक्त छ । दैनिक दुईवटा अन्डा खाँदा दिनभरलाई आवश्यक क्यालोरीको मात्रा उपलब्ध हुन सहयोग पु-याउँछ ।
दूध
ब्रेकफास्टमा एक गिलास दूध खान आवश्यक छ । दूधले पनि शरीरलाई चाहिने क्यलोरी प्रदान गर्छ । बिहानको खानासँगै दूध खाएका अझ फाइदाजनक हुन्छ ।
फलफूल
फलफूल उच्च क्यालोरीयुक्त खाद्यपदार्थ हो । यसर्थ, मौसमी फलफूल बिहानको खाजामा खाए फाइदा गर्छ । तर, अमिलो फलफूल खाँदा एसिडिटी बढ्ने भएकाले ख्याल गर्नुपर्छ । यसर्थ, बिहानै अमिलो फलफूल खाँदा भने आफ्नो स्वास्थ्य अवस्था ख्याल गरौँ ।
स्याउ
स्याउ जुनसुकै उमेर र अवस्थाका मानिसले पनि खान सकिन्छ । एउटा स्याउमा एक सयदेखि दुई सयसम्म क्यालोरी शक्ति पाइन्छ । तसर्थ, बिहान सधैँ एउटा स्याउ खान सके फाइदा पुग्छ । स्याउमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बिरामीलाई फाइदा गर्छ ।
ब्रेड
बिहानको नास्तामा पाउरोटी, डुनोट आदिभन्दा पनि ब्राउन ब्रेड खानु लाभदायी हुन्छ । एउटा सामान्य ब्रेडमा करिब एक सय ५० भन्दा बढी क्यालोरी पाइन्छ ।
कार्बोहाइड्रेटयुक्त खानेकुरा
कार्बोहाइड्रेटयुक्त खाना बिहानै खान सकिन्छ । यसले दिनभर ऊर्जाशील रहन मद्दत गर्छ । यीबाहेक सम्भव भएमा खाना, मासु, तरकारी, सागसब्जी आदि खाँदा स्वास्थ्यमा सकारात्मक भूमिका खेल्छ । ब्रेकफास्टमा करिब २५ सयदेखि तीन हजार क्यालोरी भएका खानेकुरा आवश्यक छ ।