भारत फर्किए पनि भारतीय पाइलट अभिनन्दन त घर जान पाउने छन् न त आफ्नो पेशामा नै फर्कने पाउनेछन्, के गरिन्छ त उनलाई ? (पुरा पढ्नुहोस्)


नयाँ दिल्ली, १८ फागुन । पाकिस्तानले भारतलाई सुपुर्दगी गरेका भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमान शुक्रबार राती सवा ९ बजे ५८ घण्टापछि स्वदेश फर्किए । तर, स्वदेश फर्किए पनि उनी अहिले नै घर जान भने पाउने छैनन् । उनले अहिले नै ड्युटी सुरु गर्न पनि पाउने छैनन् ।

नियमअनुसार सबैभन्दा पहिले वायुसेनाले उनको स्वास्थ्य स्थिति जाँच गराउनेछ त्यसपछि उनीमाथि कैयौं चरणमा सोधपुछ हुनेछ । यो प्रक्रियामा १ महिनाभन्दा बढी लाग्न सक्छ । त्यसपछि मात्र उनी पहिलेकै जस्तो जीवनमा फर्कनेछन् ।

पहिलो चरणमा रेडक्रसले मेडिकल जाँच गर्नेछ । यसमा उनलाई कति चोट लागेका छन् ? ती चोट कसरी लागे ? उनलाई याताना दिइयो वा दिइएन ? यातना कुन स्तरको थियो ? उनलाई ड्रग्स त दिइएको छैन ? भन्ने कुराको जाँच हुनेछ । यसको आधारमा भारतले यातनाको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा राख्न सकोस् भनेर यस्तो गरिन्छ ।

दोस्रो चरणमा एयरफोर्सले सोधपुछ गर्नेछ । अभिनन्दनले दिल्लीको पालम टेक्निनकल एरियामा सबैभन्दा पहिले एयरफोर्सको टिमको सोधपुछको जवाफ दिनुपर्नेछ । यहाँ पाकिस्ताले के सोध्यो ? कति पटक सोधपुछ भयो ? उनले के जवाफ दिए ? भन्ने विषयमा अभिनन्दनले जानकारी दिनुपर्नेछ । यसको रिपोर्ट सरकारलाई पठाइनेछ ।

तेस्रो चरणमा भारतीय जासुसी एजेन्सी ‘रअ’ र ‘इन्टेलिजेन्स ब्युरो’ले जाँच गर्नेछ । रअ र आइबीले अलग अलग तरिकाले उनीमाथि अनुसन्धान गर्नेछ र यसको रिपोर्ट तयार गर्नेछ । यो अनुसन्धानबाट भारतीय सेनाले पाकिस्तानको बारेमा धेरै भन्दा धेरै जानकारी जुटाउने कोसिस गर्नेछ । पाकिस्तानी सेनाको तौर तरिकाको विश्लेषण गरिनेछ ।

यो सोधपुछ धेरै चरणमा हुनेछ । यसमा एक महिनाभन्दा धेरै समय लाग्न सक्छ । यी सबै चरण पार गरेपछि मात्र अभिनन्दन घर जान सक्छन् र त्यसपछि मात्र उनी पुरानो जीवनमा फर्किन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement