भारतीय लडाकु विमानले खसालेको पाकिस्तानी एफ-१६ को पाइलटलाई पाकिस्तानी स्थानीयले नै कुटीकुटी मारेको सनसनीपूर्ण खुलासा (भिडियो सहित)

एजेन्सी । पाकिस्तानी आकाशमा पुगेको भारतीय लडाकु विमानलाई हसालेर पक्राउ परेका भारतीय लडाकु पाइलटलाई शुक्रबार भारतलाई नै जिम्मा लगाई सकेको छ । जुन कुरा भारतलाई धेरै खुसीको कुरा हो । तर सोहि दिन अर्को दुखद घटना घटेको खुलेको छ ।

पाकिस्तानले भारतीय विमान खसालेको भनेकै दिन भारतले पनि पाकिस्तानी विमान खसालेको बताएको थियो । भारतले खसालेको विमान पाकिस्तान नियन्त्रित कश्मिरमा खसेको दावी गरिए पनि त्यो विमानका पाइलट कहाँ गए भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको थिएन । अहिले ती पाइलटको कुटीकुटी हत्या भएको खबरले हंगामा मच्चाएको छ । खबर सत्य हो भने पाकिस्तानको लागी निक्कै दुखद खबर हो यो ।

यदि यो कुरा सत्य भए पाकिस्तानले पनि अन्तरास्ट्रिय समुदायसंग झुट बोलेको प्रमाणित हुनेछ । लण्डनमा रहेका पाकिस्तानी वकिल खालिद उमरले फेसबुकमा पोस्ट गर्दै पाकिस्तानी पाइलटको हत्या भएको खुलासा गरेका छन् । यो पोस्ट सामाजिक संजालमा भाइरल भइरहेको छ । अन्तर्राष्ट्रिय मिडिया रिपोर्टमा पनि उमरको यो दावीलाई उल्लेख गरिएको छ ।

फेसबुकमा खुलासा गरे अनुसार पाकिस्तानी वायुसेनाको यो एफ–१६ विमानलाई वायुसेनाको १९ औं स्क्वाड्रनका पाइलट शहजाजुद्दीनले उडाइरहेका थिए । उमरले पोस्टमा अगाडि लेखेका छन् ‘दुखद् छ कि पाकिस्तान नियन्त्रित कश्मिर (पीओके)मा इजेक्ट गरेपछि यी पाकिस्तानी पाइलट जीवित थिए । तर, भीडले उनलाई दुश्मन सम्झेर कुटपिट गरे । जब पाकिस्तानी सेना घटनास्थल पुग्यो उनलाई तत्काल अस्पताल लगियो जहाँ उनले प्राण त्यागे ।’

यहाँ अर्को कुरा पनि संयोग बनेको छ । ति पाकिस्तानी पाइलट शहजाजुद्दिन पनि अवकाशप्राप्त एयर मार्शलका छोरा थिए । उनीसँग आकाशमा युद्ध गरेका भारतीय पाइलट अभिनन्दन वर्तमान पनि अवकाशप्राप्त एयर मार्शलकै छोरा हुन् ।  ‘दुई एयरमार्शलका छोराहरु (शहजाज र अभिनन्दन)ले आकाशमा युद्ध गरे । दुवै जमिनमा खसे तर एउटा जीवित बच्न सकेनन् ।’ – उमर लेख्छन ।