एउटा यस्तो शहर जहाँ, १७ रुपैयाँमा २० मिनेटको लागि प्रेमिका भाडामा पाइन्छ !

एजेन्सी, १८ जेठ । सुन्दै अचम्म लाग्ने कुरा कुनै ठाउँ बिशेषको लागि भने सामान्य भएको छ । १७ रुपैँयामा प्रेमिका भाडामा पाइने कुरा सुन्दा सबैलाई अचम्म लाग्छ । तर दक्षिण चिनको गुआडोंगमा रहेको ‘द भाइटलिटी सिटी महल’मा साँच्चै १७ रुपैयाँमा प्रेमिका भाडामा पाइन्छ ।

‘द भाइटलिटी सिटी महल’को एक स्टोरमा सुन्दर र आकर्षक युवतीहरु पोडियममा राखिएका छन् । यहाँ कोही पनि पुरुषले आफूले मनपराएको युवतीलाई २० मिनेटको लागि १ आरएमबी तिरेर आफ्नो प्रेमिका बनाएर लैजान सक्छ ।

यसको लागि पुरुषले आफुले छानेको युवतीको मोबाइल फोनमा एक क्युआर कोड स्क्यान गर्न पर्छ र पैसा तिर्न पर्छ । एकपटक कोड स्क्यान भएपछि उक्त पुरुषले उसको ती युवतीलाई स्टोरको आसपास र महलमा घुमाउन सक्छ ।

उसले भाडाको प्रेमिकालाई सपिङको लागि र लञ्चडेटमा पनि लैजानसक्छ । यदि उसले २० मिनेट भन्दा धेरै समय बिताउन चाहन्छ भने उसले दोब्बर पैसा दिनुपर्छ । तर, भाडाको प्रेमिकालाई युवकले चुम्बन गर्न, जथाभावी छुन र महल भन्दा बाहिर घुमाउन लैजान पाँउदैन ।