पाकिस्तानले पक्राउ गरेको भारतीय लडाकु विमान पाइलट अभिनन्दनलाई रिहाई गर्दा भारत-पाकिस्तान बोर्डरमा जे देखियो (भिडियो हेर्नुह्स)

इस्लामावाद, पाकिस्तान, १७ फागुन । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष शुक्रबार दिउसो बुझाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय वायुसेनाका चालक तथा विङ कमाण्डर अभिनन्दनलाई पाकिस्तानी अधिकारीले पूर्वी पाकिस्तानको पूर्वी शहरू लाहोर हुँदै वागाह सीमा क्षेत्रमा लगेर भारतीय अधिकारीलाई बुझाएको पाकिस्तानले जनाएको छ ।

यद्यपि यसबारे भारतीय अधिकारीबाट औपचारिक पुष्टि भइसकेको छैन । तर भारतीय टेलीभिजन आजतकले भने अभिनन्दन स्वदेश फर्किएको दृश्यलाई प्रत्यक्ष प्रशारण गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताउनुभएको छ ।

“पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै इश्लामावाद तनावलाई चर्काएर कसैलाई फाइदा नहुने निष्कर्षसाथ शान्तिका लागि हामीले बुधबार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्नेछौँ,” बिहीबार संसदका दुबै सदनलाई गरेको संयुक्त सम्बोधनमा उहाँले भन्नुभएको थियो ।”रासस÷सिन्ह्वा

०००

यो पनि हेर्नुहोस :

भारतीय मिडियाको असलियतको आफ्नै लडाकु विमान चालक अभिनन्दनले गरे पर्दाफास, उनि पाकिस्तानबाट रिहाई हुनु अघि दिएको बयानको भिडियो सार्बजनिक : भारत कै बेइज्जत (भिडियो हेर्नुहोस)

एजेन्सी । पाकिस्तानी आकाशमा भारतीय लडाकु विमान लिएर गएका पाइलट अभिनन्दनलाई पाकिस्तानी सेनाले झारेपछि प्यारासुटबाट बच्न सफल उनलाई पाकिस्तानी सेनाले उतै पक्राउ गरेको थियो । तर शान्तिको संदेश स्वरूप पाकिस्तान सरकारले उनलाई छोड्ने निर्णय गरे संगै उनी केहि समय अगाडी मात्र भारत रिहाई भएका छन ।

अभिनन्दन भारत रिहाई हुनु अगाडी उनले पाकिस्तानमा आफ्नो बयान दिएका छन् । बयानक क्रममा उनले भनेका छन – ‘पाकिस्तानी सेनाले मेरो बिमान झारेपछि म इजेक्ट गरेर पाकिस्तानी जमिनमा झरे, त्यस बेला मेरो साथमा पेस्तोल थियो तर म जमिनमा झरेपछि मैले त्यसलाई फ्याकेर भाग्न थाले । तर मलाई त्यहाका आक्रोशित स्थानीयले खेदे र कुटपिट गरे । केहि समय मै पाकिस्तानी सेनाका दुई जवान आएर मलाई आक्रोशित मानिसको भिडबाट बचाएर लगे । त्यसपछि मलाई प्राथमिक उपचार गरेर बाकी चेकजाचको लागी अस्पताल लगे।’

पाइलट अभिनन्दनले बयानको क्रममा आफ्नै देशको मिडियाको असलियतको पनि पर्दाफास गरेका छन् । उनि भन्छन – ‘भारतीय मिडिया सधै कुनै पनि कुरा बढाई चढाई गर्छंन, कुनै पनि सानो कुरामा पनि आगो लगाएर बोल्ने गर्दछन उछाल्ने गर्दछन ।’

पाकिस्तानी सेनाले राम्रो ब्यबहार गरेको र उनीहरु निक्कै ब्यबसायिक भएको उनले बताएका छन । पाकिस्तानी सेनासंग बिताएको समय निक्कै राम्रो भएको र आफु प्रभावित भएको अभिनन्दनले स्पष्ट पारेका छन ।

हेर्नुहोस उनको बयानको भिडियो :

०००

यो पनि हेर्नुहोस :

पाकिस्तानले यसरी बुझाए भारतीय लडाकु पाइलट अभिनन्दनलाई (भिडियो)

इस्लामावाद, पाकिस्तान, १७ फागुन । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका अभिनन्दन वर्तमानलाई भारतीय अधिकारीसमक्ष शुक्रबार दिउसो बुझाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय वायुसेनाका चालक तथा विङ कमाण्डर अभिनन्दनलाई पाकिस्तानी अधिकारीले पूर्वी पाकिस्तानको पूर्वी शहरू लाहोर हुँदै वागाह सीमा क्षेत्रमा लगेर भारतीय अधिकारीलाई बुझाएको पाकिस्तानले जनाएको छ ।

यद्यपि यसबारे भारतीय अधिकारीबाट औपचारिक पुष्टि भइसकेको छैन । तर भारतीय टेलीभिजन आजतकले भने अभिनन्दन स्वदेश फर्किएको दृश्यलाई प्रत्यक्ष प्रशारण गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताउनुभएको छ ।

“पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै इश्लामावाद तनावलाई चर्काएर कसैलाई फाइदा नहुने निष्कर्षसाथ शान्तिका लागि हामीले बुधबार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्नेछौँ,” बिहीबार संसदका दुबै सदनलाई गरेको संयुक्त सम्बोधनमा उहाँले भन्नुभएको थियो ।” रासस/एएफपी

उनलाई स्वागत गर्न हजारौको संख्यामा भारतीय नागरिक त्यहा पुगेका थिए ।

भिडियो हेर्नुहोस :