डोटीमा मन्त्री सहभागी कलश यात्रामा कसरी आयो भारतीय झण्डा ?

काठमाडौँ , १८ फागुन । डोटीमा शुक्रबारबाट शुरुवात भएको प्रादेशिक महोत्सवको पूर्व सन्ध्यामा भएको कलश यात्रामा भारतीय झण्डा प्रयोग गरेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र तीन वटै सुरक्षा निकायको पनि सहभागिता रहेको उक्त कलश यात्रामा भारतीय झण्डा प्रयोग गरेको पाइएको हो ।

कलश यात्राको क्रममा अगाडी मन्त्री र पछाडी सुरक्षा निकाय भएपनि बीचमा भने भारतीय झण्डा फहराएको देखिन्थ्यो ।

उक्त यात्रामा भारतीय झण्डा देखिएसँगै आयोजक चेम्वर अफ कमर्सले बिरोध गरेपछि उक्त भारतीय झण्डालाई हटाएको थियो ।