बोल्दा बोल्दै यसरी ‘धरधरी’ रोए छिमेकी, मन्त्रि रविन्द्र अधिकारीको घर पुग्दा जे देखियो (भिडियो सहित)

काठमाडौँ । पोखरा मा रबिन्द्र अधिकारी को मृत्युको खबर पाए देखि नै फोखरा बासी रबिन्द्रका छिमेकीहरु मा आँसु ओबाएको छैन । स्थानीय जनताको प्यारो देखिएका रबिन्द्रलाई स्थानीयले ठूलो आत्मियताका साथ सम्झना गरेका छन । एक छिमेकीले रुदै रबिन्द्र को स्वभाव र बिचार बारे सञ्चारकर्मी माझ ब्यक्त गरेका छन ।

रबिन्द्र फोखरा पुगेपटक जति नै ब्यस्त भए पनि आफ्ना गाउका सबै छिमेकी सग भेटेर मात्र फर्कने गरेका थिए ,भने कसै सग फरक राजनैतिक आस्थाका कारण कसै प्रती भेदभाव नगर्न उनी स्थानिय आफ्ना पार्टी सदस्य र आफन्तहरुलाई निर्देश दिने गरेका थिए । जुनसुकै पार्टी को मान्छे होस रबिन्द्र सबै छिमेकीहरु सग समान व्यवहार गर्थे र सबैलाई भेटेर मात्र काठमाडौ फर्कने गर्थे ।

आफू छिमेक का घर घर पुग्न नसक्ने ब्यस्तता भए उनी आफ्नै निवासमा सबैलाइ बोलाउथे र सामुहिक भेट घाट गरेर फर्कन्थे ।हामीले गर्ने बिकास हो आपसमा आलोचना हैन सबै मिलेर निस्वार्थ बिकासमा लाग्नु पर्छ भन्ने रबिन्द्रले आफुहरुलाइ भन्ने गरेको सुनाउदै एक छिमेकी भक्कानिए ।

भिडियो हेर्नुहोस :