गगन थापा भन्छन् – ‘ओली र दाहाल पाइलट रहेको नेकपाको जहाज दुर्घटनामा पर्छ’

काठमाडौं , १७ पुस । नेपाली कांग्रेसका युवा नेता तथा स्पष्टबक्ता गगन थापाले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग गणतान्त्रिक मूल्य-मान्यता नरहेको टिप्पणी गरेका छन् ।

उपत्यकामा सोमबार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘यो आरोप होइन, सत्य हो ।’ उनले अगाडी थपे, ‘नेपाल कम्युनिस्ट पार्टीको जेट चलाउने दुइटा पाइलट हुनुहुन्छ, दुईटा पाइलटमध्ये एउटालाई संघीयता मनै पर्दैन, त्यसकारण दुईजना पाइलट भएको नेकपाको जहाज दुर्घटना हुन सक्छ ।’

अर्काे पाइलटले अस्ती संसदमा उद्घोष गर्नुभयो मलाई लोकतन्त्र मन पर्दैन’, गगनले भने, ‘इन्जिन गणतन्त्रको छ, इन्जिन चल्दै चल्दैन। दुइटा पाइलट हुनुहुन्छ, एउटालाई संघीयता मन पर्दैन र अर्काेलाई लोकतन्त्र मन पर्दैन। उहाँहरुलाई यसैगरी चलाउन दिइराख्यो भने यो प्लेन दुर्घटनामा अवश्य पर्छ।’