नेपालका मुख्य शहरमा यसरी मनाइयो ‘न्यु इयर इभ’

काठमाडौँ, १७ पुस । आजदेखि सन् २०१९ शुरु भएको छ । पछिल्लो समय अंग्रेजी नयाँ बर्षलाई पनि नेपालीहरुले भब्य रुपमा मनाउने प्रचलन बढ्दो छ । यसकै शिलशिलामा नेपालका मुख्य शहरहरुमा विविन्न किसिमको मनोरन्जनात्मक कार्यक्रम आयोजना गरि अंग्रेजी नयाँ बर्ष मनाइयो ।

डिसेम्वर ३१ लाई नयाँ वर्षको पूर्वसन्ध्याका रुपमा नेपाली र विदेशी पर्यटकहरुले भव्य रुपले मनाएका छन् ।

काठमाडौंको ठमेल र पोखराको लेकसाइडमा राति अबेरसम्म केही विदेशी पर्यटकसहित नेपाली युवा पुस्ताहरुको बाक्लो उपस्थिति थियो । पोखराको लेकसाईडमा सडक महोत्सवको समेत आयोजना भएकाले अन्य स्थानभन्दा पोखरामा नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रम विशेष रहँदै आएको छ ।

हरेक वर्षको डिसेम्वर २८ देखि १ जनवरीसम्म पोखरामा सडक महोत्सवका रुपमा मनाउँदै आएका छन् । सडकमै खाऊँ, सडकमै नाचौँ र सडकमै रमाऊँ भन्ने नारासहित हरेक वर्ष पर्यटकीय नगरी पोखराका होटल व्यवसायीहरु मिलेर अंग्रेजी नयाँ वर्षको शुभारम्भमा झण्डै ४ किलोमिटर क्षेत्रमा आफनो सेवा सडकमा नै ओर्लेर दिने गरेका छन् ।