आजको राशिफल – वि.सं.२०७५ साल पौष १७ गते । मंगलबार । ईश्वी सन् २०१९ जनवरी ०१ तारिख

वि.सं.२०७५ साल पौष १७ गते । मंगलबार । ईश्वी सन् २०१९ जनवरी ०१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि एकादशी,५२ घडी ०९ पला,रातको ०३ बजेर ४८ मिनेट उप्रान्त दुवादशी । करण वव,बेलुकी ०४ बजेर ०४ मिनेट उप्रान्त बालव,रातको ०३ बजेर ४८ मिनेट उप्रान्त कौलव । नक्षत्र स्वाती,१२ घडी ३५ पला,बिहान ११ बजेर ५८ मिनेट उप्रान्त विशाखा । योग सुकर्मा,०१ घडि ०३ पला,बिहान ०७ बजेर २२ मिनेट उप्रान्त धृति ।आनन्दादिमा ध्वज योग । चन्द्रराशि तुला । सन् २०१९ प्रारम्भ। सफला एकादशी व्रत। काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १८ मिनेट । दिनमान २५ घडी ५५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको ध्यान आफुतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानि गरि आउने दिनहरुमा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले महत्वपुर्ण कामहरु थालनि गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन तथा अध्यापनमा बिगतमा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा दखिएका तित्तताहरु चिर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ भने अन्य व्यावसायमा अलि बढि संघर्ष गर्नुपर्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

छिमेकि तथा आफन्तको साथ पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले चाहेजस्तो नतिजा हातलागि हुँने योग रहेकोछ । भाग्यले साथ लिने हुँनाले व्यापार व्यावसायमा थोरै लगानि गर्दापति मनग्गे नाँफा कमाउँन सकिने समय रहेकोछ माया प्रेम तथा प्रणय सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सक्दा परिणाम मुखि कामहरु गर्न सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

अध्ययन तथा अनुशन्धानको क्षेत्रमा दिईएको समयबाट भनेजस्तो नतिजा आउने हुनाले मन खुसि रहनेछ । साना साना कामबाट प्रसस्त आम्दानि हुने हुनाले व्यावसायमा थप लगानि गर्ने बाताबरण बन्नेछ । आफन्त तथा आत्मिय मित्रका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेभएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नु पर्ने हुँनसक्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमा केहि मन्दि आउनेभएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावना नबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पुराना कामहरु फत्ने हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ । बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गी)

राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागी समयले साथ लिने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । नया काम पाउने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ । स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित पर्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको फितलो उपश्थितिले गर्दा अरुभन्दा पछाडि परिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अवसर आएपनि अवसरहरु पहिचान गर्न नसक्दा कामहरु अरुकै पोल्टोमा पर्नेछ । आफ्नो भन्दा पनि अरुकै बारेमा चोसो लिने बानिले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरु सँगको सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुदा चाहेजस्तो उपलब्धि हुने छैन । भौतिक सम्पति तथा स्थाई सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । साझपख समय राम्रो आउने हुनाले यात्रा तथा यात्रा सँग सम्बन्धित काम गर्न सकिनेछ ।