सरकारी सुरक्षा बलको कारवाहीमा परी अफगानिस्तानमा तालिबान कमाण्डरसहित ३१ लडाकूको मृत्यु !
मैमाना, ६ फागुन । अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा तालिबान लडाकूलाई लक्षित गरी सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका बताइएको छ
त्यस क्षेत्रमा लुकेर बसेको तालिबान लडाकूमाथि सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीमा तालिबान लडाकूका कमाण्डर मवलावी इस्माटयारसहित १७ तालिबान लडाकूको मृत्यु भएको अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईले सोमबार जानकारी दिनु भएको छ ।
यस सुरक्षा कारबाहीको क्रममा तीन सुरक्षा अधिकारीहरुले पनि ज्यान गुमाएका र अन्य चार सुरक्षा अधिकारी सामान्य रुपमा घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।
यस कारबाहीको तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।
त्यसैगरी अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारीहरु र तालिबान लडाकूहररु बीचभएको झडपमा परी १४ लडाूक मारिएका छन् । यस झडपमा परी अन्य १७ जना घाइते भएका छन् ।
सरकारी सुरक्षाबलले सो इलाकामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीको क्रममा यो झडप सुरु भएको बताइएको छ ।
सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबल र सर्बसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।