यी सुन्दर महिलाको भाइरल तस्वीरको वास्तविक रहस्य यस्तो रहेछ !
काठमाडौँ, ६ फागुन । सामाजिक सञ्जालमा बेला बेलामा केहि न केहि कुरा भाइरल भईरहन्छ । कुनै भाइरल हुनै पर्ने हुन्छ भने कुनै बेतुकको कुरा पनि भाइरल भइरहेको हुन्छ । यसैको निरन्तरता स्वरूप एक महिलाको तस्बिर यतिबेला भाइरल भइरहेको छ ।
प्रहरी अफिसरको पोशाकमा रहेकी ती महिला अत्यन्तै सुन्दर छिन् । उनलाई धेरैले प्रहरी अफिसर हुन् भनेका छन् तर उनी प्रहरी नभएर बलिउडकी अभिनेत्री हुन् । उनको नाम कैनाट अरोरा हो । पञ्जावी फिल्म ‘जग्गा जेउंदा’ को सुटिङका लागी उनले प्रहरी महिलाको भूमिका निर्वाह गर्न यस्तो ड्रेस लगाएको पुष्टि भएको छ ।
उनिबारी विभिन्न अफवाह फैलन थालेपछि उनले आफ्नो इन्स्टाग्राम मार्फत आफु कुनै प्रहरी अफिरस नभएको बताएकी हुन् । उनले बलिउडमा ‘ग्रान्ड मस्ती’, ‘खुट्टा(मिठा)’ जस्ता फिल्महरु दिइसकेकी छन् । यति मात्र हैन उनले पञ्जाबी फिल्म ‘फारर’ मा पनि काम गरिसकेकी छन् । अब चाँडै उनलाई ‘जग्गा जेउंदा’ मा प्रहरी अफिसरको रुपमा देखिनेछ ।