बारा जीप दुर्घटनामा घाइते भएका प्रजिअ भट्टराईको शिक्षण अस्पतालमा निधन !
काठमाडौं, ६ फागुन । सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंजमा निधन भएको छ ।
माघ १२ गते निजगढमा आयोजित वनभोज कार्यक्रममा सहभागी भएर कलैयातर्फ जाँदै गर्दा पूर्व–पश्चिम राजमार्गको पसाहा पुल नजिक प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेल चेढेको जीप दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा सशस्त्र प्रहरी उपरीक्षक पोखरेलको भने घटनास्थलमै ज्यान गएको थियो भने प्रजिअ भट्टराई सख्त घाइते भएका थिए ।
घटना लगत्तै प्रजिअ भट्टराईलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारकालागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
उक्त दुर्घटनालाई परिवारले शंकास्पद भन्दै पत्रकार सम्मेलन पनि गरेको थियो ।