डीपीएल : रुपन्देही च्यालेन्जर्स‘प्लेअफ’मा, धनगढी ३९ रनले पराजित


काठमाडौँ , ६ फागुन । रुपन्देही च्यालेन्जर्स धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेटको ‘प्लेअफ’मा पुगेको छ ।

सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा धनगढी स्टार्सलाई ३९ रनले हराउँदै रुपन्देही प्ले अफमा पुगेको हो ।

१५ ओभरमा घटाइएको खेलमा रुपन्देहीले दिएको १०७ रनको लक्ष्य पछ्याएको धनगढीले १४ ओभरमा ‘अलआउट’ हुनुपूर्व ६७ रनमात्रै बनायो ।

धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीका ललितसिंह भण्डारीले ३ विकेट लिए भने बिक्रम सोबले २ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित् १५ ओभरमा अलआउट हुनुपूर्व १०६ रन जोडेको थियो । उसका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन तथा विनोद भण्डारीले २४ रन जोडे ।

प्रतिक्रिया दिनुहोस
Advertisement