भ्यालेन्टाइन डेका दिन प्रेम साटिरहेका यी जोडीको अन द स्पोट जबर्जस्ति विवाह गराइयो ! (भिडियो सहित)


एजेन्सी, ६ फागुन । फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’का दिन संसारभरका हजारौं प्रेम जोडीहरु एक आपसमा प्रेम साटासाट गर्ने गर्दछन् । हाम्रो छिमेकी देश भारतमा पनि यसलाई भब्य रुपमा मनाइन्छ ।

यहिँ क्रममा भारतको हैदराबाद स्थिति कंदलाकोया अक्सीजन पार्कमा बसिरहेका एक प्रेम जोडीको त्याहाँस्थित एक राजनीतिक दलले भ्यालेन्टाइन डेको दिन जबर्जस्ति विवाह गरिदिएको थियो ।

दलका विभिन्न सदस्यहरुको उपस्थितिमा एक युवकलाई प्रेमिकाको गलामा मंगलसूत्र बाँध्न बाध्य बनाइएको हो । त्यति मात्र नभई दुवैलाई बधाइ दिँदै सेल्फी लिइरहेको पनि भिडियोमा देखिएको छ ।

‘भ्यालेन्टाइन डे’का नाममा बिकृति बढिरहेको भन्दै बजरंग दलले हरेक वर्ष विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ । प्रेम साटासाट गर्ने जोडी भेट्ने बित्तिकै हरेक वर्ष यस दलले जोडीहरुको जबर्जस्ति विवाह गराइदिने गरेको छ ।

तर विरोधको नाममा दलले हरेक वर्ष गुण्डागर्दी शैलीमा निर्दोष जोडीहरुको विवाह गराइदिने मात्र नभई भिडियो सामाजिक संजालमा भाइरल बनाइदिने समेत गरेको छ ।

‘भ्यालेन्टाइन डे’ को नाममा अश्लिल हर्कत गर्ने जोडीहरुको भिडियो निकाल्नको लागि यसो गरिएको दलले बताउने गरेको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस
Advertisement