चार दिनदेखि बेपत्ता छन् यी किशोर, खोजि गरिदिन परिवारको आग्रह !


झापा, ६ फागुन । जिल्लाको कनकाई नगरपालिका–३, सुरुङ्गाबाट १९ वर्षीय शंकर तामाङ चार दिनदेखि सम्पर्कबिहिन भएका छन् ।

मानसिक सन्तुलन ठिक नभएका तामाङ गत फाल्गुण २ गतेदेखि सुरुङ्गा बजारबाट बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी बेपत्ता भएको ४ दिन सम्म पनि सम्पर्कमा नआएपछि प्रहरीमा खबर गरिएको मामा अजित राईले बताए । कालो रातो वर्ण भएका खैरो सुरुवाल र रातो ज्याकेट लगाएका भान्जा शंकरलाई जुनसुकै स्थानमा भेटेपनि सम्पर्क गरिदिन राईले अनुरोध गरेका छन् ।

इलाका प्रहरी कार्यालय, सुरुङ्गाले युवक बेपत्ता भएको सूचना पाउनासाथ उनको हुलिया र तस्वीरसहित खोजी कार्य तिब्र बनाएको छ । बेपत्ता भएका तामाङलाई भेट्ने व्यक्ति वा संघ संस्थालाई नजिकैको प्रहरी कार्यालय वा ९८०३४१४६६१ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement