काश्मिरमा फेरी पनि चार जना भारतीय सैनिकको मृत्यु !
श्रीनगर, ६ फागुन । ४१ जना भारतीयले अर्ध सैनिकले सहादत प्राप्त गरेको ३ दिन नबित्दै भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा फेरी कम्तीमा चार जना भारतीय सैनिकको मृत्यु भएको छ ।
बिद्रोहीसँगको भिडन्तमा आइतबार ती सैनिकले ज्यान गुमाएका हुन् । भिडन्तका क्रममा एक सैनिक र अर्का एक सर्वसाधारण घाइते भएका छन् ।
गत बिहीबार भएको आत्मघाती आक्रमणको अनुसन्धान एवं आक्रमणकारीको खोजीमा निस्केका सैनिकमाथि विद्रोहीले आक्रमण गरेको बताइएको छ । भारत प्रशासित काश्मिरको प्रमुख शहर श्रीनगरबाट ४० किलोमिटर दक्षिणमा यो गोली हानाहान भएको बताइएको छ ।