बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा आमा बन्दै (फोटो सहित)


एजेन्सी। बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा प्रेगनेन्ट भएको खुलासा भएको छ। आफु अभिनित हलिउड चलचित्र ‘इजन्ट इट रोमान्टिक इन लस एन्जल्स’को प्रिमियर हेर्न पुगेकी थिइन्। श्रीमान निक जोनाससँग प्रिमियर हेर्न पुगेकी प्रियंकाले गत फेब्रुअरी १२ तारिखमा पत्रकारहरुसँग कुरागर्दै प्राकृतिक रुपमा आमा बन्नु साँच्चै रमाइलो महशुस हुने बताएकी थिइन्।

त्यसको केही दिनमै प्रियंका चोपडाको फोटोहरु सार्वजनिक भएका छन्। जसले उनी आमा बन्ने संकेत गरेको छ। उनको ‘बेबी बम्प’ देखिन सुरु भएको छ। यसअघि कैयौं कार्यक्रमहरुमा उनी आफ्नो बेबी बम्प लुकाउन सफल भएकी थिइन्। तर, अब उनी त्यो लुकाउने परिस्थितीमा छैनन्।

द न्युजका अनुसार प्रियंका र निक दुवै आमा–बुबा बन्ने भएपछि खुशी भएका छन्। यद्यपि यस विषयमा दुवैले कुनै अधिकारिक रुपमा पुष्टि भने गरेका छैनन् । गत डिसेम्बर १ तारिखमा प्रियंका र निकको विवाह भएको थियो। ३६ वर्षीया प्रियंका श्रीमान निकभन्दा १० वर्षले जेठी हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement