रणवीर र आलियाको झगडा भएको बलिउडमा ब्यापक हल्ला, वास्तविकता के हो ? (भिडियो हेर्नुस्)
जेन्सी, मुम्बई, ६ फागुन । बलिउडमा रोमान्टिक प्रेमी जोडीकारूपमा परिचित अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टबीच झगडा भएको खबर बाहिरिएको छ ।
आलिया र रणवीरको झगडा परेको जस्तो देखिने भिडियो अनलाइनमा सार्वजनिक भएपछि यस्तो खबर बाहिरिएको हो ।
यसबारेमा आलियाले प्रतिक्रिया दिँदै झगडा परेको भनिएको दिनमा आफूले ‘भ्यालेन्टाइन’ मनाइरहेको भनेर प्रतिक्रिया दिएकी छन् ।
आलियाले भनेकी छन्, ‘म वास्तवमै उक्त दिन भ्यालेन्टाइन मनाइरहेकी थिएँ । म गली ब्वाईको प्रचारमा रहेकाले म ढिलो सुतेको थिए र ढिला उठें । उठ्दाखेरी मलाई पन्छाइनसक्नु म्यासेजहरू आइसकेका थिए जसमा मेरो सिनेमाको लागि शुभकामना, भ्यालेन्टाइन म्यासेज र केही अन्जान व्यक्तिले पठाएका विवाह प्रस्तावका सन्देशहरू पनि थिए ।’
रणवीर आलियाबीच झगडा भएको भनिएको भिडियोमा दुवैजना ‘गली ब्वाई’ को विशेष प्रदर्शनीमा जाँदै गर्दा कारभित्र विवाद गरिरहेको जस्तो देखिएको थियो ।
यी दुईबीच विवाद भएको हल्ला व्यापकरूपमा चलेपछि रणवीरका स्वयमले पनि दुवैजनाले भ्यालेन्टाइन डिनर गरिरहेको फोटो सार्वजनिक गरेका थिए ।
भिडियो हेर्नुहोस् :