सरकारले प्रतिवन्ध लगाएका पोर्न साईटहरु पुनः चल्न थाल्यो !


काठमाडौं, ६ फागुन । समाजमा बलात्कारका घटनालाई प्रोत्साहन गरेको भन्दै सरकारले पूर्ण रुपमा प्रतिवन्ध लगाएको पोर्न साईटहरु निर्वाध रुपमा सञ्चालनमा आएको समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

बिशेष गरी निर्मला हत्याकाण्डपछि सरकारले पोर्न साइटहरु पुर्ण रुपमा प्रतिवन्ध लगाएको थियो ।

तर, अहिले पोर्नसाईटहरु खुलेआम कुनै पनि अवरोध विना नै खुल्न थालेको पाइएको छ । सरकारले केहि महिनाअघि बलात्कार, हत्या हिंसाका घटनाहरु पोर्नजन्य साईटहरुको दुरुपयोगका कारण उत्पन्न भएको भन्दै पूर्ण रुपमा प्रतिवन्ध लगाएको थियो ।

सरकारले पोर्न साईटहरु बन्द गरेतापनि भिपिएन नामक सफ्ट्वेर सुचारु गरी सजिलै हेर्न सकिने पनि प्रयोगकर्ताहरुले बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement