कीर्तिमानी रकममा रियल मड्रिडले नेयमारलाई किन्दै !
काठमाडौं, ६ फागुन । स्पेनिस क्लब रियल मड्रिडले ब्राजिलका कप्तान तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का सुपरस्टा नेयमारलाई आगमी सिजनमा अनुबन्ध गर्ने पाका भएको छ ।
द सनडे टाइम्सका अनुसार नेयमारलाई आगामी सिजनमा अनुबन्धका लागि रियलले सबै तयारी गरिरहेको पुरा गरिसकेको छ ।
२०१७ मा बार्सिलोनाबाट २२२ मिलियन यूरोमा पिएसजी गएका उनलाई रियलले त्यो भन्दा बढी मूल्य खर्चिएर अनुबन्ध गर्न लागेको हो । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज नेयमारका प्रसंशक हुन् ।
उनले लामो समय देखि नेयमारलाई पच्छ्याइरहेका छन् । सोही कारणले रियलले नेयरमालाई बार्षिक २५ मिलियन पाउण्ड बढी तलब दिने गरी अनुबन्ध गर्न लागेको बताइएको छ ।
पिएसजीमा गएपछि चोटका शिकार बनिरहेका नेयमार समेत सिजनको अन्त्यमा क्लब छोड्न तयार रहेको बताइएको छ । उनले पुनः स्पेन फर्कन चाहाना गरेको र रियलले उनलाई भित्र्याउने दावी समचारमा गरिएको छ ।