पशुपति शर्माको गित ‘लुटन सम्म लुट कान्छा’ बारे नेकपा नेतृ शान्ता चौधरीले यसो भने (भिडियो सहित)
काठमाडौँ । नेकपा नेतृ शान्ता चौधरी ले पसुपती सर्मा को गीत सरकार ले प्रतिबन्ध लगायो भन्ने प्रचार गलत भएको बताएकी छिन । पसुपती को गीतमा ब्यक्तिगत रुपमा सुझाव मात्र राखेको भन्दै ,लुट कान्छा लुट भन्ने गीतमा राष्ट्र कै बद्नाम गर्न खोजीएको र राष्ट्रध्यक्षमाथी नै अपमान गर्न खोजिएको ले यो सुधार गरे राम्रो हुन्छ भन्ने सुझाव दिएको बताएकी छिन ।
भने सरकार सबै भन्दा बढी निर्मला हत्या प्रकरण छानबिन मा लागेको समेत स्पष्ट गरेकी छिन । आफुहरु ले संसद मा कुनै पनि अराजकता र रास्ट्रबिरोधी कार्य को बिरोध र भण्डाफोर गर्दै आएको उल्लेख गर्दै नागरिकता सम्बन्धि संसोधन बिधेयकमा दफावार छल फल हुन बाकी नै रहेको ले विधेक मा कहि कतै त्रुटि भए सच्याउने र राष्ट्रियतालाई कमजोर र बद्नाम गर्ने कुनै पनि कुरा सरकार र सदनलाई पाच्य नहुनेकुरा स्पष्ट गर्दै बिधेयकमा अहिले नै धेरै टिप्पणी गरेर संका नगर्न सबै सग अपिल समेत गरेकी छिन ।