सुनखानीमा बाढी पस्दा दर्जनाैँ कामदार बेपत्ता, ८ जनाकाे जिवितै उद्धार


काठमाडाैँ, ६ फागुन । जिम्बाबेको पश्चिमी प्रान्त मशोनाल्याण्डमा दुई वटा सुनखानीमा बाढी पसेपछि भएको दुर्घटनामा परी दर्जनौँ कामदार बेपत्ता भएका छन् ।

खानीबाट ८ जनाकाे जिवितै उद्धार गरिएको छ । तर कति कामदार हराएका हुन भन्ने बारेमा अझै यकिन छैन । दुर्घटना हुँदाका बखत खानीमा ६० देखि ७० जना कामदारहरू रहेको अनुमान गरिएको छ ।

स्थानीय सरकारका सार्वजनिक सेवासम्बन्धी मन्त्री जुली मोयोले अवैध रूपमा संचालनमा रहेका सुनखानीका कामदारहरू पुरिएको जानकारी दिइन् ।

बेपत्ता रहेकाहरुलाई जीवितै उद्धार गर्न सकिने सम्भावना न्यून रहेको उनले बताइन् । अत्यधिक वर्षा भएकाले उद्धार कार्यमा कठिनाई उत्पन्न गराएको छ । दुवै पानीको खाल्डोबाट पानी बाहिर निकालिएको स्थानीय अधिकारीहरूले बताएका छन ।

जिम्बाबेका राष्ट्रपति इम्मर्सन मनाङग्वाले प्रकोपको घोषणा गर्दै घटनामा पीडितहरूप्रति सहानुभूति व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement