‘सिएनएन हिरो’ म्यागीले निर्माण गरिन् प्रविधियुक्त विद्यालय भवन


सुर्खेत, ६ फागुन । ‘सिएनएन हिरो–२०१५’ बाट सम्मानित अमेरिकी नागरिक म्यागी डोयनको पहलमा प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा कोपिला भ्याली समाजद्वारा सञ्चालित विद्यालयको प्रविधियुक्त नवर्निमित भवन निर्माण गरिएको हो ।

म्यागीकै नेतृत्वमा १० वर्षअघि कोपिला भ्याली समाज स्थापना भएको हो । जसले अनाथ, गरीब बालबालिकालाई शिक्षा प्रदान गर्नुका साथै असहाय महिलाका लागि सीप विकासको क्षेत्रमा काम गर्दै आएको छ ।

नवर्निमित भवनको आइतबार कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिका–१ धारापानीस्थित आफ्नै जग्गामा निर्माण गरिएको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयका साथै कोपिला भ्याली बालगृह र महिला केन्द्र पनि सञ्चालन हुनेछन् । आफ्नै भवन नहुँदा हालसम्म विद्यालय भाडामा सञ्चालित थियो ।

तीन वर्षअघि निर्माण शुरु गरिएको उक्त भवन रु १२ करोड लागतमा पूरा भएको हो । कोपिला भ्याली समाजकी संस्थापक ३२ वर्षीय म्यागी डोयनले ग्रामीण भेगका अनाथ र असहायको सेवाका लागि आफूले अमेरिका छाडेको बताउनुभयो ।

कोपिला भ्यालीले हाल सुर्खेतसहित अन्य जिल्लाका ४५० बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ ।

तीन वर्षअघि निर्माण शुरु गरिएको उक्त भवन रु १२ करोड लागतमा पूरा भएको हो । कोपिला भ्याली समाजकी संस्थापक ३२ वर्षीय म्यागी डोयनले ग्रामीण भेगका अनाथ र असहायको सेवाका लागि आफूले अमेरिका छाडेको बताउनुभयो । कोपिला भ्यालीले हाल सुर्खेतसहित अन्य जिल्लाका ४५० बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement