स्वादिलो म:म आफैले घरमा बनाएर खानुहोस ! यसरी बनाउनुहोस हो म:म ! डल्लो बनाउनु जान्नुहुन्न भने हेर्नुहोस यस्तो छ गज्जबको तरिका ! (भिडियो सहित)


सायदै म:म नेपालीहरुले मन नपराउने कमै होलान । खानाको रुपमा अथवा खाजाको रुपमा म:म लाई निकै रुचाइन्छ ।

रेष्टुरेन्ट,होटेलमा स्वादिस्ट म:म खान कै लागि पनि जाने गरिन्छ । घरमा आफैले कसरी बनाउने तरिकाहरु थाहा नहुन सक्छ। यदि बनाउने तरिका थाहा भएपनि म:म लाइ कसरी डल्लो पार्ने सबैलाई नआउन सक्छ । हेर्दा सजिलो भएपनि मिलेको आकार प्रकार बनाउन गाह्रो हुन्छ ।

बनाउने तरिका

मैदाको पिठोलाई भिजाएर मुछ्ने राम्रोसंग मुछेपछि आधा घण्टा जति राख्ने । त्यसपछि कत्रो म:म बनाउने त्यसै अनुसारको सानो-सानो गोलो-गोलि बेल्ने ।

सफा मासुलाई आफैले धुलो बनाउने अथवा पसलमा किमा बनाउन लगाउने ।

मासुलाई चाहिने नुन,अलि कति तेल,प्याज र आवश्यक मर मसला लगाएर मज्जाले मुछ्ने ।

किमा तयार भएपछि म:म को डल्लो बनाउने ।

अन्तिममा स्टिम गर्ने अथवा म:म को भाडोमा आधा घण्टा ४५ मिनेट जति मजाले पकाउने ।

म:म को लागि शुप बनाउने तरिका :

प्राय:जसो म:म को सुप तिलको,भटमासको,र गोलभेडाको पनि बनाउने गरिन्छ । आफुलाई जुन सुप मन पर्छ त्यहि बनाउनुहोस ।

भटमासलाई रातो हुने गरि भुत्नुहोस । चाहिने जति गोलभेडा, खुर्सानीको धुलो ,कागतीको रस,नुन, थोरै जिरा मिक्चारमा मज्जाले बाग्लो हुने गरि घोल्नुहोस । साधारण म:म को सुप तयार हुन्छ । अन्तिममा धनि पनि हाल्न्होस ।

प्रतिक्रिया दिनुहोस
Advertisement