ज्वानो प्रयोग गरी ग्यास्ट्रिक भागाउनुहोस्, प्रयोग गर्ने विधि यस्तो छ
ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यसलाई खाद्य विशेषहरुले ‘नेगेटिव कैलोरी फूड’मा गणना गर्दछन् । यो थोरै मात्रामा खाँदा पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहनेहरुले यसको झोल खाने गर्दछन् ।
यसलाई गाउँघरमा विषेश गरी सुत्केरी महिलालाई खान दिने गरिन्छ । कारण यसले जीउ दुखाई निको बनाउनुुका साथै दुध उत्पादनमा सघाउने मान्यता छ । ज्वानोको त्यसबाहेक अन्य पनि धेरै फाइदा छन् । आज हामी ज्वानोको उपयोगिता र फाइदाबारे जानकारी गराउँदै छौँ ।
एक पाउ ज्वानो धूलो एक पाउ सख्खर दुबै बराबर राम्ररी मिसाएर विहान–बेलुका तातोपानी सँग १–१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।
नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ । ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।
एक गिलास पानीमा ज्वानो र सख्खर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ । भुटेको ज्वानो र सख्खर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान–बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।