के तपाईलाई महिनावारी भएका बेला पेट दुख्छ ? त्यसो हो भने खानुहोस् यस्ता खाने कुरा


महिनावारीको समयमा हुने दुखाइबाट छुटकारा पाउन खानुहोस् यस्ता खानेकुरा

१. चकलेटमा आइरन, केफिन जस्ता तत्व हुने हुँदा, यसले दुखाइ कम गरिदिनुको साथै मुड पनि राम्रो गराइदिञ्छ।
२. ड्राइफ्रुट्स (बदाम, काजु आदि) मा क्याल्सियम हुन्छ र यो महिनावारीमा खाँदा दुखाइ कम गरिदिन्छ।
३. मेवामा हुने तत्वहरुले दुखाइ कम गर्नुको साथै पाचन शक्तिलाई पनि बढाइदिन्छन् ।
४. केरामा हुने पोटासियम, म्याग्नेसियम आदिले दुखाइ काम गरिदिनुको साथै मुड पनि राम्रो बनाइदिन्छन् ।
५. हरियो तरकारीमा हुने आइरन, भिटामिन, म्याग्नेसियमले रगतलाई सफा बनाउनुको साथै दुखाइ कम गरिदिन्छन् ।
६. तुलसी, मह र पानी मिलाएर खानाले दुखाइ कम हुन्छ।
७. आलसले पनि दुखाइ कम गरिदिन्छ ।
८. अदुवालाई मह संगै पानीमा पकाएर खानाले दुखाइ कम हुन्छ ।
९. अण्डामा प्रोटिन हुने हुँदा महिनावारीको समयमा फाइदा गर्छ ।
१०. माछा खानाले पनि दुखाइ कम हुन सक्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement